इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा सिटी ब्राइटनलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।
सिटीको जितमा फिल फोडेनले गरेको एक गोल नै निर्णायक बन्न पुग्यो । पहिलो हाफको ४४ औं मिनेटमा फोडेनले गरेको गोलको अग्रता सिटीले दोस्रो हाफ भरि कायमै राख्न सफल भयो । पराजित भएको ब्राइटन १४ अंकका साथ तालिकाको १७ औं स्थानमा रहेको छ ।
जितपछि सिटीले तालिकामा ३२ अंक बनाउँदा १६ खेल खेलेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३३ अंक छ भने शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडको ३६ अंक रहेको छ ।
जितसँगै सिटी १६ खेलबाट ३२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।
शीर्षस्थानमा रहेको एक खेल बढी खेलेका म्यानचेस्टर युनाइटेडको ३६ तथा लिभरपुलको ३३ अंक छ ।
उता, वुधबार राति नै भएको अर्को खेलमा टोटनह्याम र फुलह्यामले भने एक एक गोलको बराबरी खेल्दै एक एक अंक बाँडेका छन् ।
प्रतिक्रिया