देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साँढेले हान्दा ८० वर्षीया वृद्धाको मृत्यु

देशान्तर

सप्तरी – सप्तरीमा साँढेले हान्दा एक ८० वर्षीया वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका छिन्नमस्ता गाउँपालिका-२ निवासी ८० वर्षीया दुर्गीदेवी साहको साँढेले हान्दा मृत्यु भएको हो।

सोमबार राति ९ बजे आफ्नै घरअगाडि बाटोमा हिँडिरहेकी ती वृद्धालाई साँढेले हानेका र उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए । ती महिलाको शव अहिले गजेन्द्र नारायण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।