देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेना संक्रमितकाे संख्या ९ कराेड नाघ्याे

देशान्तर

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या नौ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ७७ हजार नाघेको हो । एक वर्षअघि चीनको वुहानमा पुष्टि भएको कोरोना भाइरसको संक्रमण विश्वका सबै महादेशका गरी दुई सय १८ देशमा फैलिएको छ । संक्रमण पुष्टि भएकामध्ये ६ करोड ४४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यो कुल संक्रमतिको ७१ प्रतिशतभन्दा धेरै हो । यस्तै १९ लाख ३४ हजारभन्दा धेरैले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो संख्या कुल संक्रमितको दुई दशमलव १४ प्रतिशत हो । अहिले विश्वमा दुई करोड ३६ लाखभन्दा धेरै सक्रिय संक्रमित रहेकामा तीमध्ये एक लाख आठ हजारभन्दा धेरै गम्भीर बिरामी रहेका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा मात्रै दुई करोड २६ लाखभन्दा बढी संक्रमित भएका छन् भने तीन लाख ८१ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

दोश्रो प्रभावित भारतमा एक करोड चार लाख ५० हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ५१ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्कीलगायत १८ वटा देशमा १० लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।