देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्तर कोरियाद्वारा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

देशान्तर

सिओल – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ-उनले सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन् ।  

उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताएका छन् । उत्तर कोरियाका लागि अमेरिकी सत्तामा आउने फेरबदलले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताएका छन् । सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन् ।  

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्न केही दिन बाँकी रहेका समय नेता किमको टिप्पणी आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । आउँदै गरेको अमेरिकी नयाँ प्रशासनमाथि दबाब बढाउनका लागि किमले यस्तो टिप्पणी गरेको विश्लेषकले बताएका छन् । बाइडेनले जनवरी २० मा अमेरिकाको ४६औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन् ।

नेता किम र बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने विषयमा पटक पटक शिखर वार्ता भएपनि यसले उत्तर कोरिया र अमेरिकी सम्बन्धमा सुधार ल्याउन असफल बनेको थियो । 

वर्कर्स पार्टीको आठौँ कंग्रेसलाई नेता किमले सम्बोधन गर्दै शत्रुशक्तिले आफूविरुद्ध आक्रमण नगरेसम्म परमाणु हतियारको प्रयोग भने नगर्ने बताएका छन् । यस सम्बन्धमा अमेरिकाले तत्काल कुनै प्रतिक्रिया जनाइसकेको छैन ।