काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता वामदेव गौतमले देश र विदेशका कम्युनिष्ट विरोधीहरूलाई हसाउँदै शुरू भएको लडाई बन्द गर्न र एकतामा फर्कन नेताहरूलाई आग्रह गरेका छन्।
नेकपा राष्ट्रिय एकता अभियानका संयोजकको हैसियतबाट गौतमले अपील जारी गरेका हुन्। विज्ञप्तिमा उनले पार्टी विभाजनउन्मुख हुनु नेताहरूको अयोग्यता कारक भएको पनि उल्लेख गरेका छन्।
आफू दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी नेकपा एकता राष्ट्रिय अभियानको संयोजक बनेर खडा भएको र अन्तर्विरोधहरूलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गर्न गौतमले आग्रह गरेका छन्।
प्रतिक्रिया