काठमाडौं – शनिबार पनि बैंक खुला राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । आज दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो ।
राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु आजपनि खुला रहने भएका छन् । केहि बैंकहरुले हिजो नै सूचना प्रकाशित गरेर आज शनिबार पनि दिउसो बैंक खुला रहने जानकारी गराएका थिए ।
प्रतिक्रिया