काठमाडौं – यो साता नेप्से २१ सय ९४ दसमलव ४८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स चार सय २१ दसमलव २२ अंकमा पुगेको छ । नेप्सेमा यो साता दुई सय १२ वटा कम्पनीहरुको दुई लाख ३४ हजार पाँच सय १३ पटकको कारोवारमा पाँच करोड ८७ लाख ८२ हजार छ सय ४८ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम २७ अर्ब १७ करोड २३ लाख १२ हजार आठ सय सात रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा बढी हो ।
गत साता भने नेप्सेमा दुई सय १४ वटा कम्पनीहरुको दुई लाख सात हजार तीन सय २४ पटकको कारोवारमा चार करोड ५१ लाख २७ हजार छ सय नौ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २२ अर्ब ७६ करोड १६ लाख तीन हजार नौ सय २१ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन खुल्ला रहेकोमा पहिलो, चौथो र पाँचौं दिन नेप्से बढेको थियो भने दोस्रो र तेस्रो दिन घटेको थियो ।
सो मध्ये पहिलो दिन नेप्से ८८ दसमलव १२ अंकले बढेर २१ सय ७५ दसमलव ३९ अंकमा पुग्दा सेन्सिटिभ पनि १७ दसमलव १८ अंकले बढेर चार सय १५ दसमलव ८८ अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से छ दसमलव ३६ अंकले घटेर दुई हजार एक सय ६९ दसमलव चार अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ७३ अंकले घटेर चार सय १५ दसमलव १५ अंकमा पुगेको थियो । तेस्रो दिन पनि नेप्से तीन दसमलव ५४ अंकले घटेर दुई हजार ६५ दसमलव ४९ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव ४७ अंकले घटेर चार सय १३ दसमलव ६८ अंकमा पुगेको थियो ।
चौथो दिन भने नेप्से १३ दसमलव सात अंकले बढेर दुई हजार एक सय ७८ दसमलव ५७ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव ४५ अंकले बढेर चार सय १८ दसमलव १४ अंकमा पुगेको थियो । अन्तिम कारोवार दिन पनि नेप्से १५ दसमलव ९१ अंकले बढेर २१ सय ९४ दसमलव ४८ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव आठ अंकले बढेर चार सय २१ दसमलव २२ अंकमा पुगेको थियो ।
यो साता हिमालयन डिष्ट्रिलरी कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक सहितका कम्पनीहरुको बढी रकम कारोवार भएकाछन् भने नारायणी डेभलपमेन्ट बैंक, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदिको बढी सेयर किनबेच भएकाछन् । बजार पुंजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।
प्रतिक्रिया