काठमाडौं, । संसद् विघटनविरुद्ध विवेकशील पार्टीले विरोधस्वरूप ऐना प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै विवेकशीलले शुक्रबार माइतीघर मण्डलामा असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्रीको कदम असवैधानिक रहेको भन्दै पार्टीले ऐना प्रदर्शन गरेको हो । प्रदर्शनमा लोकतन्त्रको सर्वोच्चताको जोगाउँदै लुटतन्त्रको अन्त्य हुनुपर्ने, नागरिकको साथ छ, सर्वोच्चको आश छ,प्रतिगमन र अधिनायकवादको अन्त्य हुनुपर्ने माग राखेको छ।
प्रतिक्रिया