काठमाडौं । कास्कीको पोखरामा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा . विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका १२ की ६२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति ११ ४७ बजे मृत्यु भएको हो । उनी मधुमेहका बिरामी पनि थिइन् ।
उनीमा पुस २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया