देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दाहाल–नेपाल पक्ष आज नागरिक अगुवासँग छलफल गर्दै

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूह आज नागरिक समूहका अगुवाहरुसँग छलफल गर्दै छ ।

आन्दोलनमा उत्रिएको उक्त समूहले प्रतिनिधिसभा विघटनको विरोधमा बृहत अन्तरक्रियालाई निरन्तरता दिएको हो । हिजो विभिन्न राजनीतिक दलसँग राजधानीको इन्द्रेणी फुडल्यान्डमा अन्तरक्रिया गरेको थियो ।

दाहाल–नेपाल समूहले आज दिउसो २ बजेपछि नागरिक समुहसँग अन्तरक्रिया आयोजना गरेको हो । प्रतिनिधिसभा विघटनपछि पनि मुलुकमा गम्भीर राजनीतिक षड्यन्त्र भैरहेको भन्दै नागरिक समाजको राय लिन लागिएको सो दलका नेताले बताएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन भएपछि दाहाल–नेपाल समूहले दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरिसकेको छ ।