काठमाडौं । धारिलो हतियार कैँची प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १६ बाइपास ओरालो बस्ने भारतको मोतिहारी घर भएका २५ वर्षीय सुवोध मियाँ रहेका छन् ।
मंगलबार राति सुवोधले कैँची प्रहार गर्दा भारतको मोतिहारी घर भएका २५ वर्षीय कलाम मियाँ गम्भीर घाइते भएका थिए । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको थियो ।
कलाममाथि कैँची प्रहार गरेपछि टाटा सुमो रिजर्भ गरेर भाग्दै गरेको अवस्थामा सुवोधलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीको सहयोगमा बुधबार बिहान नियन्त्रणमा लिएको डीएसपी विष्टले जानकारी दिए । पक्राउ परेका सुवोधमाथि थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।
प्रतिक्रिया