देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानका एक युवकको मृत्यु

देशान्तर

काठमाडौं – सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका -११ का १८ वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।

उनमा यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । कुनै पनि दीर्घ रोग नभएका ती युवकको उपचारको क्रममा मंगलबार बिहान साढे सात बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।