देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री कपको उपाधि प्रदेश १ लाई

देशान्तर

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ ।

आईतबार भएको फाईनलमा विभागीय टिम एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको हो ।

१ सय ६ रनको लक्ष्य पछ्याएको एपीएफले ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । ३२ रन बनाउन एपीएफले ५ विकेट गुमाएर खराब सुरुवात गरेको थियो ।

ओपनर ज्योती पाण्डेले १४ रन बनाएको ईनिङ्समा राजमती ऐरी शुन्य रनमा आउट भईन् । इन्दु वर्माले ७, सरिता मगरले ६ रन बनाईन् ।

ममता चौधरी र करुणा भण्डारीले छैटौ विकटका लागि ६४ रनको योगदान गर्दै एपीएफलाई जितको नजिक पुर्याएका थिए । तर अन्तिम ओभरमा सम्हालिन नसक्दा एपीएफ पराजित बन्यो ।

प्रदेश १ की रुविना क्षेत्री र अलिसा खनियाँले समान २ विकेट लिए । संगिता राईको नाममा एक विकेट रह्यो । यसअघि, दाङ्गको लमहीमा प्रदेश नम्बर १ ले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेको थियो ।

निर्धारित ओभर खेल्दै प्रदेश १ ले ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । ओपनर अप्सरी बेगमले सर्वाधिक ३४ रन बनाएको ईनिङ्समा काजोल श्रेष्ठले २९ रन बनाईन् । कप्तान रुविना क्षेत्रीले १८ रन बनाईन् ।

यस्तै, रोमा थापाले ३, निशा शाहले ५ तथा संगिता राई २ रनमा अविजित रहिन् । एपीएफकी सिता राना मगरले सर्वाधिक ३ विकेट लिईन् । करुणा भण्डारीले १ विकेट हात पारेकी थिईन् ।