काठमाडौँ . नेपाल कम्युनिस्ट पार्टी नेकपा को विभाजित समूहमध्ये पुष्पकमल दाहाल ुप्रचण्डु र माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिएका छन्।
ुदिउँसो १ बजेका लागि पेरिसडाँडामा बैठक बोलाइएको छ। बैठकमा दोस्रो चरणको आन्दोलनको बारेमा छलफल हुन्छ,ु उनले भने।
शनिबार दाहाल(नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो। यो समूहले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
यसअघि यो समूहले बुधबार स्थायी कमिटीको बैठक राखेको थियो।
प्रतिक्रिया