काठमाडौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटन संवैधानिक र लोकतान्त्रिक भएको दाबी गरेका छन्। सदनमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई चौतर्फी घेराबन्दी गरेर काम गर्न अवरोध सिर्जना भएपछि प्रतिनिधिसभा विघटन गर्नु परेको ज्ञवालीको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता समेत रहेका मन्त्री ज्ञवालीले नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार तानसेन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रतिनिधिसभा विघटन राष्ट्र र नेपाली जनताको हितमा चालिएको यो बाध्यात्मक कदम भएको बताए। उनले केही नेताहरूको पद लोलुपताको कारण यो परिस्थिति आएको पनि जिकिर गरे। केही नेताहरुको कहिल्यै तृप्त नहुने पदको महत्वकांक्षा बढिरहेको छ।
प्रतिक्रिया