देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज देशका धेरै ठाउँमा आंशिक बद्ली, पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशान्तर

काठमाण्डौ – आज देशका धेरै ठाउँमा आंशिक बद्ली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव रहेकाले सबैजसो ठाउँमा आंशिक बादल लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । अहिले पहाडी भूभागमा सामान्य बादल लागेको छ भने तराईमा सामान्य कुहिरो लागेको छ ।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना समेत रहेको र सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् पोखरेलले बताए । पश्चिमी वायुको प्रभावका कारण अबको तीनरचार दिन तराईमा बाक्लो कुहिरोको सम्भावना नरहेको र बिहानीपख लागेको कुहिरो पनि चाँडै हट्ने मौसमविद्ले बताएका छन् ।

काठमाण्डौ उपत्यकासहित देशभर बढेको चिसो कायमै छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम एक दशमलव तीन डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।