देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली पक्ष वैधानिक भएकाले सूर्य चिन्ह हामीले नै पाउँछौँ : मन्त्री श्रेष्ठ

देशान्तर

काठमाडौँ – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले नेकपा माओवादी केन्द्रसंगको एकता नफापेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं क्षेत्र नं ९ ले बिहीबार गरेको अगुवा कार्यकता भेलामा बोल्दै मन्त्री श्रेष्ठले पार्टी एकताले आफ्ना राजनीतिक गतिविधिहरुलाई ‘पेण्डुलम’ बनाएको बताएका हुन ।

उनले पार्टी एकताले पार्टीका राजनीतिक गतिविधि जाम भएको उल्लेख गर्दै अब भने राजनीतिक गतिविधिमाथि कसैले अंकुश लगाउन नसक्ने बताए । नेकपा ओली पक्ष वैधानिक भएको दाबी गर्दै मन्त्री श्रेष्ठले सूर्य चिन्ह आफ्नो समूहले पाउने जिकिर गरे । मन्त्री श्रेष्ठले प्रचण्ड-माधव नेपालले सूर्य चिन्ह पाएको खण्डमा भीम रावल र नारायणकाजी श्रेष्ठले सो चुनाव लडन नपाउने जिकिर गरे ।

मन्त्री श्रेष्ठले आफ्नो घरमा बसेका डेरावालले घरवेटीलाई निकाल्ने कुरा युक्तिसंगत नभएको बताउदै आफूहरुले कसैलाई पनि पार्टीबाट निष्काशन नगरी सदस्यहरु मात्रै विस्तार गरेको बताए । अगुवा कार्यकर्ता भेलामा काठमाडौ क्षेत्र नं ९ का अगुवा कार्यकर्ता सहित काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यको समेत उपस्थिति रहेको थियो ।