देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सशस्त्रका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

देशान्तर

काठमाडौँ – सशस्त्र प्रहरीका छ जना एसएसपी डीआईजीमा बढुवा सिफारिश भएका छन् । गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिश गरेको हो । बढुवाका लागि सिफारिश भएकाहरुमा एसएसपीहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ छन् ।

सशस्त्रमा सात जना डिआईजीको दरबन्दी रिक्त रहेको भए पनि हाल ६ जना मात्रै बढुवाका लागि सिफारिस भएका हुन । सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी०सदस्य सचिव रहन्छन ।