नयाँ प्रकारको कोरोना भाइरसका कारण बेलायतका अस्पतालमा विरामीहरुको चाप बढेको छ । संक्रमण नियन्त्रणका लागि कडा किसिमको प्रतिबन्ध लगाएपनि संक्रमितको संख्या बढदो क्रममा देखिएको छ ।
अस्पताल भर्ना हुने कोरोना संक्रमितको अत्यधिक भएपछि संकटको अवस्था देखिएको स्वास्थ्य सेवा सम्बन्धी निकायले जनाएको छ ।
संक्रमणबाट सोमबार एकैदिन ३ सय ५७ जनाको मृत्यु भएको छ । ४१ हजार ३ सय ८५ जनामा एकैदिन संक्रमण पुष्टि भएको छ । बेलायतमा अहिलेसम्म २३ लाख २९ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । ७१ हजार भन्दा धेरैको मृत्यु भएको छ ।
सरकारले संक्रमण नियन्त्रणका लागि फाइजर–बायोएटेकको कोरना विरुद्धको खोप लगाइरहेको छ । अहिलेसम्म सो खोप सात लाख भन्दा बढीले लगाएका छन् । बेलायतकै अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित अक्सफोर्ड एष्ट्राजेनेकाको खोपले पनि केही दिनमा स्वीकृति पाउँदैछ ।
जनवरी चार तारिखबाट दुई हप्ताभित्र अक्सफोर्ड र एस्ट्राजेनेका तथा फाइजर बायोएनटेकका वीस लाख खोपको पहिलो डोज सर्वसाधारणलाई वितरण गर्ने योजना सरकारको छ ।
प्रतिक्रिया