देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंको बिहानको तापक्रम १ दशमलव १ डिग्री सेल्सियस

देशान्तर

आज प्रदेश १ का केही स्थानमा आंशिक बदली भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका केही स्थानमा विहानीपख लागेको हुस्सु/कुहिरो मध्यान्ह पछि क्रमिक रुपमा सुधार हुँदै जाने महाशाखाले बताएको छ । काठमाडौं उपत्यकाको मौसम पनि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १ दशमलव १ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने छ । आज बिहान सूर्योदय ६ बजेर ५४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १८ मिनेटमा हुनेछ ।