देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा उच्च अंकको गिरावट, सुचक तथा कारोवार रकम दुबै घटे

देशान्तर

काठमाडौं – नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ३९ दसमलव ९८ अंकले घटेर १९ सय ९८ दसमलव ६५ बिन्दुमा झर्दा सेन्सिटिभ पनि पाँच दसमलव ३३ अंकले घटेर तीन सय ८१ दसमलव ४३ बिन्दुमा झरेको छ । आज दुई सय चार वटा कम्पनीहरुको ४२ हजार आठ सय ४२ पटकको कारोवारमा ८२ लाख ५४ हजार सात सय आठ रुपैयाँको सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कारोवार रकम चार अर्ब ६६ करोड ९३ लाख ६३ हजार छ सय ५८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । सो मध्ये सबै सुचक घट्दा नेप्से पुरै रातो भएको छ । बाँणिज्य बैंक समुहको सुचक २३ दसमलव १२ अंकले घटेर १५ सय २४ दसमलव ३० बिन्दुमा झर्दा जलबिद्युत समुहको सुचक पनि ३० दसमलव ६९ अंकले घटेर १५ सय ७९ दसमलव तीन बिन्दुमा झरेको छ । यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ८१ प्रतिसतले बढेर चार सय १० रुपैयाँ पुगेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सोल्टी होटल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव ८५ प्रतिसतले घटेर एक सय ९३ रुपैयाँमा कारोवार भएको छ । यसैगरी बढी रकम कारोवारको आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २२ सय २४ रुपैयाँ अन्तिम मुल्यमा ६६ करोड ७० लाख ४१ हजार चार सय १९ रुपैयाँको कारोवार भएको छ ।