नाइजेरियामा विद्रोहीको अपहरणमा परेका विद्यार्थीहरु अपहरणमुक्त भएका छन् । उत्तरी नाइजेरियाबाट अपहरण भएका ३ सय ४४ जना विद्यार्थीहरु अपहरणमुक्त भएका हुन् ।
अपहरणमुक्त भएका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेर अभिभावकको जिम्मा लगाइएको छ । नाइजेरियामा संघर्षरत बोकोहरामले एक साताअघि एक विद्यालयबाट ती विद्यार्थीहरुको अपहरण गरेको थियो ।
अझै केही विद्यार्थी विद्रोहीकै नियन्त्रणमा रहेको बताइएको छ । विद्रोहीले बिहीबार मात्र भिडियो सन्देश जारी गरेर उनीहरुको अवस्थाबारे जानकारी गराएका थिए ।
विद्यार्थीहरु अपहरणमा परेपछि स्थानीयले सरकारलाई दवाब दिएका थिए । स्कुल पढ्ने बालबालिकाहरु अपहरणमा पर्न थालेकोमा अन्तर्राष्ट्रिय समुदायले समेत चिन्ता प्रकट गरेका छन् ।
प्रतिक्रिया