देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्ध खोप लगाउने अभियान शुरु हुने

देशान्तर

 अमेरिकाले फाइजर–बायोएनटेकको कोरोना भ्याक्सिनलाई अनुमति दिएसँगै सोमबारदेखि खोप अभियान शुरु हुने भएको छ । पहिलो चरणमा सबै राज्यका ३० लाख अमेरिकीले खोप लगाउनेछन् ।

फाइजरको कोरोना खोप ९५ प्रतिशत सफल भएको दाबी गरिएको छ । फाइजरको खोपलाई मञ्जुरी दिन अमेरिकालाई निकै दवाब थियो । अमेरिकाको फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन ‘एफडीए’ का प्रमुख स्टिफन हानले आफूले कि फाइजरको खोपलाई अनुमति दिने या राजीनामा दिने बताएका थिए ।

एफडीएका विशेषज्ञले पनि यो खोपको पक्षमा वकालत गरेका थिए । फाइजरको कोरोना खोपलाई बेलायत, क्यानाडा, बहराइन र साउदी अरबले पनि अनुमति दिइसकेका छन् । बेलायतमा भने यसअघि नै खोप लगाउन शुरु गरिएको छ ।