काठमाडौं । कोभिडका कारण व्यवसायिक वातावरण विथोलिए पनि रेष्टुरेन्ट व्यवसायमा जमेको शाह ग्रुप ग्रुप अफ फुड एन्ड बेभ्रेजले भने पुरानो बानेश्वरमा नयाँ रेष्टुरेन्ट संचालनमा ल्याएको छ । ‘लोकल सेकुवा’ नामक उक्त रेष्टुरेन्ट शुक्रबारदेखि संचालनमा आएको हो ।
पुरानो बानेश्वर चोकबाट सिनामंगल जाने रोडमा खुलेको ‘लोकल सेकुवा’मा नेपाली खाना तथा फाष्ट फुडका पारखीहरुलाई लोक स्वाद पस्किने रेष्टुरेन्टका संचालक रञ्जित शाहले जानकारी दिए ।
एकैसाथ करिब ३ सय जनालाई सेवा दिनेगरी संचालनमा आएको ‘लोकल सेकुवा’मा सेकुवाका साथै नेपाली तथा कन्टिनेन्टलका ५० भन्दा बढी भेराइटीहरुको स्वाद लिन पाइने शाहले वताए ।
शाहका अनुसार लोक सेकुवाको संचालन कोभिड महामारीका कारण करिव पाँच महिना ढिलागरी संचालनमा आएको हो । ‘हामीले गत नेपाली नयाँ वर्षदेखि रेष्टुरेन्ट संचालन गर्ने योजनाका साथ काम अघि बढाएका थियौं । तर लकडाउनका कारण केही ढिला हुन गयो’, शाहले भने, ‘अब कोभिडले ल्याएको आर्थिक मन्दीलाई निरुत्साहित गर्नुपर्छ भन्ने ठानेर लोकल सेकुवालाई शुक्रबारदेखि संचालनमा ल्याएका छौं ।’
पूर्ण पारिवारिक वातावरणमा ग्राहकहरुलाई विहानको ब्रेकफष्टदेखि रातीको डिनरसम्मको गुणस्तरीय सेवा पस्कने गरी प्रबन्ध मिलाइएको शाहले जानकारी दिए । ‘किफायती मूल्यमा उत्कृष्ट सेवाका साथ गुणस्तरीय खाना लोकल सेकुवाको मुख्य विशेषता हो’, शाहले भने, ‘घरको जस्तो लोकल स्वाद पस्कने जमर्को गरेका छौं ।’
रेष्टुरेन्टमा बर्थडे, एनिभर्सरी लगायतका पार्टीका लागि पनि उपयुक्त वातावरण रहेको छ । जन्मोत्सव, विवाहत्सोव मनाउन आउने ग्राहकहरुको रेष्टुरेन्टको तर्फबाट विशेष केक प्रदान गरिने अफर समेत रहेको शाहले बताए । रेष्टुरेन्टले खानाको मूल्य वाहेक कुनै पनि प्रकारको थप शुल्क नलिने पनि शाहले जानकारी दिए ।
शाह ग्रुप अफ फुड एन्ड वेभरेजले क्रिस्पी चिकेनको लागि चर्चित मानिएको केकेएफसी ब्रान्डको चेन रेष्टुरेन्ट संचालन गर्दै आएको छ । अब ‘लोकल सेकुवा’बाट नयाँ ब्रान्ड स्थापित गर्ने सोचका साथ आफूहरु अघि बढेको शाहले बताए ।
प्रतिक्रिया