काठमाण्डौ – विश्वमा कोरोना भाइरसको सङ्क्रमण हुनेको संख्या ७ करोड नाघेको छ । वर्ल्डओ मिटरका अनुसार विश्वमा अहिलेसम्म सात करोड सात लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । पछिल्लो २४ घण्टामा साढे ६ लाखभन्दा धेरैलाई सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै विश्वमा अहिलेसम्म ४ करोड ९१ लाखभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । विश्वमा अहिले १ करोड ९९ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित छन् । यस्तै विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट १५ लाख ८८ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म सङ्क्रमित संख्या १ करोड ६० लाख नाघेको छ भने त्यहाँ अहिलेसम्म २ लाख ९९ हजारभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ ।
यस्तै, सबैभन्दा धेरै कोरोना प्रभावित देशको दोस्रो स्थानमा रहेको भारतमा ९७ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने त्यहाँ कोरोनाका कारण एक लाख ४२ हजारभन्दा धेरैको मृतयु भएको छ ।
प्रतिक्रिया