देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकप फुटबल २०२२ : युरोपका राष्ट्रहरुको छनोट तालिका सार्वजनिक

देशान्तर

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि युरोपेली छनोटका लागि युरोपेली फुटबल महासंघले सोमबार ड्र सहित खेलतालिका सार्वजनिक गरेको छ ।

युरोपका ५५ देशलाई १० समूहमा बिभाजन गर्दा ५ समूहमा छवटा टिम छन् भने बाँकी ५ समूहमा ५ टिम छन् ।

समूह ए मा पोर्चुगल, सर्विया, रिपब्लिक अफ आयरल्यान्ड, लक्जेम्बर्ग र अजरबैजान छन् ।
समुह बी मा स्पेन, स्वीडेन, ग्रिस, जर्जिया र कोशोभो
समीह सी मा इटली, स्वीट्जरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया र लिथुवानिया
समूह डी मा फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया एन्ड हर्जगोभिना
समूह ई मा बेल्जियम, वेल्स, चेक रिपब्लिक, बेलारुस र इस्टोनिया
समूह एफ मा डेनमार्क, अस्ट्रिया, स्कटल्यान्ड, फारो आइल्यान्ड र माल्दोभा
समूह जी मा नेदरल्यान्ड्स, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया र ज्रिबाल्टर
समूह एच मा क्रोएशिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस र माल्टा
समूह आई मा इंग्ल्यान्ड, पोल्यान्ड, हंगेररी, अल्बानिया, एन्डोरा र सान मारिनो
समूह जे मा जर्मनी, रोमानिया, आइसल्यान्ड, नर्थ मासेडोनिया, अर्मेनिया र लिचेस्टियन

युरोपबाट विश्वकपमा १३ टोलीले प्तिनिधित्व गर्न पाउनेछन् । तीमध्ये हरेक समूहको विजेता सिधै विश्वकपमा प्रवेश पाउनेछ भने उपविजेताहरुमध्येबाट ३ टोली छानिनेछन् ।

छनोट प्रतियोगिता सन् २०२१ को मार्चदेखि सन् २०२२ को मार्चसम्म सन्चालन हुनेछ ।