काठमाडौ . तीन खेलको एकदिवसीय सिरिज २(१ ले गुमाएको पाहुना टोली भारत आजबाट ३ खेलको टी(२० सिरिज खेल्दै छ। पहिलो टी(२० अन्तर्गत क्यानबेरामा भारत(अस्ट्रेलिया दुबै सुखद सुरुवातको प्रतिक्षामा रहेका छन्। बाँकी दुई टी(२० ६ र ८ डिसेम्बरमा सिड्नीमा हुनेछ।
अस्ट्रेलियामा भारतको टी २० मा राम्रो इतिहास रहेको छ। जहाँ ९ खेलमा भारतले ५ खेलमा जित निकालेको छ। पछिल्लो पटक सिड्नीमा भएको खेलमा भारत ६ विकेटको जित निकालेको थियो।
समग्रमा भारत अस्ट्रेलिया बिच भएको २१ खेलमा भारतले ११ तथा अस्ट्रेलियाले ८ खेलमा जित निकालेको छ। २ खेल नतिजा विहिन भएका थिए।
प्रतिक्रिया