काठमाडौं – एशोसियन अफ प्रिस्कुल एडुकेटर अफ नेपाल अपेन सम्वद्ध महिला उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन अपिन र माछापुछ्रे बैंकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा अपेनका अध्यक्ष बद्री दाहाल र बैंकका कर्पोरेट एण्ड इन्फ्रास्ट्रक्चर ल्याण्डिङ विभागका प्रमुख सुवाश जमरकट्टेलले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकले अपेनमा आवद्ध महिला उद्यमीहरुलाई चारदेखि पाँच प्रतिशत ब्याजदरमा एक लाख रुपियाँदेखि १५ लाख रुपियाँको सहुलियत कर्जा उपलब्ध गराउने छ । अपेनका केन्द्रीय सचिव उमानाथ निरौलाले यस सम्झौताबाट अपिनमा आवद्ध बाल विद्यालय तथा शिशु स्याहार केन्द्र सञ्चालन गर्ने महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय अघि बढाउन निकै सहयोग पुग्ने आफूहरुको आशा रहेको बताए उनले यस्तो सहुलियत कर्जा उपलब्ध गराउन आवश्यक कागजी प्रक्रियाका लागि इम्पायर फाइनान्सियल सर्भिसेज, शान्तिनगर, काठमाडौंले काम गर्ने बताउँदै पुरुष उद्यमीहरुलाई पनि यस्तो सहुलियत कर्जाका लागि अपेनले पहल गरिरहेको बताए ।
यस सम्झौताबाट अपेनमा आवद्ध पाँच सय महिला उद्यमीहरुले सहुलियत कर्जा प्राप्त गर्नसक्ने आफूहरुको अनुमान रहेको निरौलाले बताए ।
प्रतिक्रिया