काठमाडौ । कोरोनाका कारण बाँकेमा बिहीबार दुईजनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेमा बाँकेको कोहलपुर र सुर्खेतका रहेका छन् ।
सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर ९ का ७० बर्षीय पुरुषको बिहिबार विहान १०ः५६ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
उनी मंसिर ८ गते अस्पताल भर्ना भएका थिए । त्यस्तै बिहिबार विहान पनि बाँकेको कोहलपुर २ का ७४ बर्षीय कोरोना संक्रमति पुरुषको भेरी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।
बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ९३ जनाको मृत्यु भएको छ । बाँकेमा उपचाररत जिल्ला बाहिरका ५४ जना र बाँकेका ३९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।।
प्रतिक्रिया