नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाली टिमले प्रशिक्षण सुरु गर्नेछ ।
नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ । नेपाली टिम ९ महिनापछि सामुहिक प्रशिक्षणमा फर्कन लागेका हो । कोरोना भाईरसको महामारीको कारण गत चैतबाट नेपाली टिमले सामुहिक प्रशिक्षण गरेको छैन ।
लामो समय खेलाडी मैदान बाहिर रहेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सावधानी अपनाएर प्रशिक्षण गराउन लागेको हो ।
क्यानले बन्द प्रशिक्षणमा सहभागी खेलाडी, स्टाफ र अफिसियलको मंगलबार कोरोना परिक्षण समेत गरेको थियो । क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ ।
प्रतिक्रिया