देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीरको युरोलोजीमा अख्तियारको छापा, हडतालमा राजनीतिक गन्ध

देशान्तर

काठमाडौं । मुकुलकै ठूलो र पुरानो अस्पतालको रूपमा चिनिने वीर अस्पतालमा अहिले दैनिक हडताल भइरहेको छ । सरकारले अस्पताललाई कोभिड–१९ को रूपमा घोषणा गरेपछि अतिरिक्त स्वास्थ्य (जोखिम) भत्ता राम्रा स्वास्थ्य सामग्री (पीपीई, माक्स, पञ्जा) उपलब्ध नगराएको भनेर स्वास्थ्यकर्मी र सहयोगीहरू हडतालमा उत्रिएका हुन् । हुन पनि २ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र अन्य सहयोगीहरूलाई हालसम्म कोभिड– १९ (कोरोना) भइसकेको उक्त अस्पतालमा इमर्जेन्सीमा कार्यरत २० जना मध्ये १८ जना चिकित्सलाई पनि पोजेटिभ भइसकेको अस्पतालले जनाएको छ । यसैले केही दिन अगाडि इमर्जेन्सीका २० मध्ये १६ चिकित्सकले सामूहिक राजीनामा अस्पताल प्रशासनलाई बुझाएकोमा मन्त्रालयको समन्वय पछि फिर्ता भएको छ ।

भत्ता, गुणस्तरीय स्वास्थ्य सामग्रीको माग हड्तालको देखावा भए पनि भित्री कुरो अर्कै रहेको अस्पताल सूत्रले देशान्तरलाई बताएको छ । सूत्रका अनुसार सो हडताल गराउनमा स्वास्थ्यमन्त्री र मन्त्रालयको नै भित्रीरूपमा सहयोग छ । त्यसैले अस्पतालको मागअनुसार सरकारले सहयोग नगरेकोले नै हडतालको वातावरण सिर्जना भएको बुझिएको छ । वास्तवमा मन्त्री र मन्त्रालय हाल कार्यरत न्याम्सका उपकुलपति डा.देवनारायण शाहलाई हडतालबाट राजीनामा दिन बाध्य गराई नयाँ उपकुलपति नियुक्तिको षड्यन्त्रमा छ । वर्तमान उपकुलपति डा. शाह तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवको कोटामा नियुक्त भएका हुन् । उनको चारवर्षे कार्यकालमध्ये दुई वर्ष मात्र भुक्तान भएको छ भने दुई वर्ष बाँकी नै छ । त्यसैले हडतालबाट बाध्य तुल्याएर उनलाई राजीनामा गराई आफूपक्षीय उपकुलपति नियुक्ति गर्न मन्त्रीकै इशारामा हडताल भइरहेको अस्पतालकै एकपक्षीय कर्मचारीहरूको दाबी छ ।

अख्तियारको छापा
यसैबीच, सामान खरिददारी र मौज्दातको विषयलाई लिएर अख्तियारले अस्पतालको युरोलोजी डिपार्टमेन्टमा छापा मारेको छ । अख्तियारले डिपार्टमेन्टका प्रमुख डा. पारसमणि श्रेष्ठ (आठौं तह, समिति)लाई स्पष्टीकरण सोध्दै सामान खरिद मौज्दात चुस्तदुरुस्त रूपमा प्रयोग छ कि छैन भनी स्पष्टीकरण सोधेलगत्तै अस्पताल प्रशासनले उनलाई हटाएर सोही डिपार्टमेन्टमा कार्यरत डा. रविन बस्नेत (११औं तह, नेपाल सरकार)लाई नियुक्ति गरेको छ । बस्नेतलाई गत १९ गते को पत्रद्वारा अस्पतालका कार्यकारी निर्देशक डा. केदार सेञ्चुरीले नियुक्ति गरेको बुझिएको छ । अख्तियारका कर्मचारीहरूले पूर्वडिपार्टमेन्ट प्रमुख डा. श्रेष्ठलाई स्पष्टीकरणमात्र सोध्नुका साथै युरोलोजी डिपार्टमेन्टका सम्पूर्ण सामानको तस्बिरसमेत खिचेर लगेका छन् ।