भारत प्रशासित कश्मिरमा भारतीय सुरक्षाकर्मीको कारबाहीमा चरमपन्थी समूह हिजबुल मुजाहिदिनका कमाण्डर मारिएका छन् । भारतीय प्रहरीका अनुसार श्रीनगरको विमानस्थलनजिक रनग्रेथ क्षेत्रमा भएको भिडन्तमा मुजाहिदिनका कमान्डर सैफुल्लाह मिर मारिएका हुन् ।
उनका सहायक भने भारतीय सेनाले नियन्त्रणमा लिएको छ । मारिएका कमाण्डर भारतीय सेनासँगको भिडन्तमा घाइते हुने अतिवादीहरूको उपचार गर्ने कार्यमा सग्लन थिए ।
उनलाई मुसैब वा डाक्टर सैफी भनेर चिनिन्थ्यो । मेमा सो समूहका प्रमुख रहेका रियाज नाइकु दक्षिण कस्मिरमा सेनासँगको भिडन्तमा मारिएपछि उनको स्थान सैफुल्लाहले लिएका थिए ।
प्रतिक्रिया