काठमाडौं – हाल प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सफा रहनेछ।
प्रदेश १ का एकरदुई स्थानहरूमा भने हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि र पर्सि पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया