काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५० हजार २२४ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७८ लाख ६३ हजार ८९२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७० लाख ७५ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् ।
६ लाख ६९ हजार ६०२ जनाको उपचार भइरहेको छ । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ५७५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १८ हजार ५६७ पुगेको छ ।
प्रतिक्रिया