देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना खोप प्रयोगको योजना ब्राजिलद्वारा सार्वजनिक

देशान्तर

ब्राजिलले कोरोना भाइरसविरुद्ध चीनमा विकास गरिएको खोप प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ ।

ब्राजिलको नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोनाविरुद्धको खोप प्रयोग गर्ने तयारी गरेको हो ।

साओ पाउलोको गभर्नर जोआओ डोरियाले संघीय सरकारले ४ करोड ६० लाख डोज खोप किन्न सहमति जनाएको बताए ।

उहांले खोपको कार्यक्रम आगामी वर्षको शुरुमा हुने छ । ब्राजिलमा पनि चिनियाँ खोपको परीक्षण भइरहेको छ । ब्राजिल कोराना महामारीबाट नराम्ररी प्रभावित मुलुकहरु मध्ये एक हो ।

हालसम्म ५३ लाख मानिस संक्रमित रहेको ब्राजिलमा डेढ लाख भन्दा बढीको कोरोना कारण मृत्यु भएको छ ।