देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएल : धवनकाे शतक खेर, पञ्जावकाे लगातार दाेस्राे जित

देशान्तर

इन्डियन प्रिमियर लिग आइपीएलमा किंग्स ११ पञ्जावले लगातार दोस्रो जित निकालेको छ । अघिल्लो खेलमा दुई पटक सुपर ओभरमा गएको खेलमा मुम्बईलाई हराएको पञ्जावले मंगलबार राति शिर्ष स्थानको दिल्लीलाई ५ विकेटले हरायो । यो जितपछि पञ्जावले शिर्ष चारको संभावना कायमै राखेको छ । जितपछि पञ्जाव लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीको शुरुवात भने त्यति राम्रो थिएन । धवनसँगै पृथ्वी शाले ओपनिङ गरेका थिए । शा ७ रन बनाएर आउट भएका थिए । उनी आउट हुँदा १–२५ स्कोर थियो । कप्तान श्रीयस अय्यर र विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त १४–१४ रन बनाएर आउट हुन पुगे ।
मार्कस स्टोनिस व्यक्तिगत ९ रन बनाएर आउट हुँदा दिल्लीको स्कोर ४–१४१ रहेको थियो ।  पाँचौं विकेटको रुपमा सिमरन हटमायर १० रन बनाएर आउट हुँदा धवन १०६ रनमा नटआउट फर्किएका हुन् ।

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सका शिखर धवनले लगातार दोस्रो शतक बनाएका छन् । यसअघि पनि शतकीय पारि खेलेका धवनले किंग्स इलाभेन पञ्जावविरुद्ध पनि शतक बनाए । आईपीएलमा लगातार दुई शतक बनाउने कीर्तिमान बनाए । धवनले ५७ बलमा शतक पुरा गरेका थिए । ओपनिङ आएका धवनले ६१ बलमा १०६ रनमा नटआउट रहे ।

पञ्जावका मोहमद शामीले २ विकेट लिँदा ग्लेन म्याक्सवेल, जेम्स निसम र मोर्गन अश्विनले समान एक एक विकेट लिए ।

जवाफमा पञ्जावले १९ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे ।

सुरुवात राम्रो गर्न नसकेको पञ्जावले १७ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ५२ रन हुँदा दोस्रो विकेट गुमाएको पञ्जावले ५६ रनमा तेस्रो विकेट खेर फाल्यो ।

तर चौथो विकेटका लागि निकोलस पुरन र ग्लेन म्याक्सवेलले अर्धशतकीय साझेदारी गरे । तर एक सय २५ रनमा पञ्जावले चौथो विकेट गुमायो ।
त्यसपछि पञ्जावको स्कोर एक सय ४७ रन हुँदा पाँचौ विकेट झरेको थियो ।

पञ्जावका लागि ओपनर मायांक अग्रवालले मात्र पाँच रन बनाए भने कप्तान लोकेश राहुलले १५ रनको योगदान गरे । यस्तै क्रिस गोलले २९ रन बनाउँदा निकोलस पुरनले विस्फोटक अर्धसतकीय पारी खेले । उनले २८ बलमा छ चौका र तीन छक्का प्रहार गरे । यस्तै म्याक्सवेलले ३२ रन बनाए ।

जारी आइपीएलमा पञ्जावको यो चौथो जित हो भने दिल्लीको तेस्रो हार हो । अहिलेसम्म दिल्लीको १४ अंकका साथ शिर्ष स्थानमा कायमै छ भने पञ्जाले १० खेलमा आठ अंक बनाउँदै पाँचौ स्थानमा पुगेको छ ।