काठमाडौ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएका कोरोना भाइरस संक्रमित एकजना वृद्धको आइतबार बिहान मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–३ का ७५ वर्षीय वृद्धको बिहान ४ बजेतिर मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
उनका अनुसार निमोनियाको समस्यासँगै स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि वृद्धलाई शनिबार बिहान उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । कोरोनाको लक्षण पनि देखिएका कारण स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा बेलुका रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ ।
त्यसपछि कोभिड अस्पतालमा सारेर थप उपचार थालिए पनि वृद्धलाई बचाउन नसकिएको दाहालले बताए । उनका अनुसार उपचारकै क्रममा ज्यान गुमाएका मृतकमा फोक्सोसम्बन्धी पुरानै समस्या थियो
प्रतिक्रिया