काठमाडौं । सञ्चार व्यवसायी बिष्णु गैरेको शब्द र हरि लम्सालको स्वरमा सजिएको नयाँ गीत ‘आउँछु भन्थें’ सार्वजनिक भएको छ । गीतमा हरि लम्सालकै संगीत र एरेन्ज रहेको छ । रमा थपलिया र जीबी चिरनको मुख्य अभिनय रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका छन् । नेपाली युवाहरुको परदेश जानुपर्ने बाध्यता, त्यहाँ जानुअघि राखिने सोँच, त्यहाँ पुगेपछिको अवस्था र घरपरिवारसँग टाढिँदाको पीडालाई गीतले ब्यक्त गरेको छ ।
‘आँउछु भन्थेँ’ गीत भाईब्रेसन मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया