देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रमाकी गंगाले टेरिनन् सरकारलाई

देशान्तर

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो सरकारी अस्पताल वीर अस्पताललाई सरकारले कोभिड–१९ अस्पताल घोषणा गरी त्यहा“ आउने ननकोभिड बिरामीलाई न्याम्स अन्तर्गतकै ट्रमा सेन्टरमा सेवा दिने गरि निर्देशन दिए पनि ट्रमा सेन्टरकी अप्रेशन थियटर प्रमुख श्रीमती गंगा गुरुङ्गले सो निर्णय कार्यान्वयन गर्न दिएकी छैनन् । अनेक बहाना बनाएर उनले वीर अस्पतालले आफूलाई जबर्जस्ती ट्रमा सेन्टरमा फालेको रिस पोख्ने काम गरिरहेकी छिन् ।

अहिले ट्रमा सेन्टरमा वीर अस्पतालबाट रिफर भएका एक/दुई अप्रेशन बाहेक हुन सकिरहेको छैन । यसलाई प्रमुख गंगा गुरुङ्गले सामाग्री अपुग भएको, क्षमता नभएको जस्ता बाहनाबाजी बनाएर रोकिरहेकी छिन् । हालाकि २०७२ को महाविनाशकारी भूकम्पको बेलामा वीरअस्पतालको पुराना भवनहरुमा विरामी बस्न नहुने भएपछि सम्पूर्ण कार्य ट्रमा सेन्टरमा भएको थियो । तर अहिले गुरुङ्ग अप्रेशन थियटरमा विरामी अप्रेशन गर्ने हो भने डाक्टरकहा सहयोगीहरु, अप्रेशन गर्दा लगाउने चिकित्सकीय पोशाक, एनेस्थिया मेशिन, एनेस्थिसियन सबै वीर अस्पतालले नै व्यवस्था गर्नुपर्ने, अप्रेशन थियटर मात्र उपलब्ध गराउन सक्ने भन्दै तगारो थामिरहेकी छिन् । प्रमुख गुरुङ्ग २०७२ अगाडि वीर अस्पतालमा नै अप्रेशन थिएटर प्रमुख थिइन् । उनको कार्यक्षमता र यस्तै दुःख दिने व्यहोराले गर्दा ट्रमा सेन्टर संचालन हुने वित्तिकै वीर अस्पतालले उनलाई सरुवाको नाममा यता फालेको बुझिएको छ । त्यसैले अहिले उनी त्यो बदला वीर अस्पतालसग लिएर सरकारको निर्देशनलाई धोती लाउने काममा लागेकी छिन् । सरकारले वीरका कोभिड बाहेकका सबै सेवा ट्रमा सेन्टरले गर्ने निर्णय गरेको एक महिना बितिसक्दा पनि सो कार्य हुन नसकेकोले वीरका चिकित्सकहरु चिन्तित छन् ।

यसबीचमा अतिआवश्यक (अर्जेन्ट) न्यूरो र इएनटीको एक/एक मात्र अप्रेशन ट्रमा भएको बताइन्छ । अन्य अप्रेशनको कुरा गर्दा वीरका चिकित्सकहरुलाई निज प्रमुख गुरुङ्ग अनेक दुःख दिएर अप्रेशन गर्न नमिल्ने बातावरण ट्रमा सेन्टरमा कायम छ । त्यसैले वीरमा अप्रेशनका लागि आउने ननकोभिड बिरामीलाई विभिन्न डाक्टरहरुले आफू काम गर्ने निजी अस्पतालहरुमा चर्को शुल्क लिएर डाक्ने गरेका छन् ।

एकथरीले यस्तै डाक्टरहरुको मिलेमतोमा गुरुङ्ग वीरलाई थिएटर उपलब्ध नगराउने षड्यन्त्रमा लागेको अनुमान गरेका छन् । यस सम्बन्धमा देशान्तरले वीर अस्पतालका कार्यकारी निर्देशक डाक्टर केदार सेञ्चुरीसग कुरा गर्दा उनले घुमाउरो पारामा असहयोग भएको स्वीकारे तर त्यसको सही व्यवस्थापनको लागि ट्रमा सेन्टरस“ग निरन्तर वार्ता भइरहेको बताए । उनका अनुसार एक महिनामा वीर अस्पतालबाट रिफर भएका न्यूरो, इएनटी र डेन्टलका एक/एक बिरामीको अप्रेशन ट्रमा सेन्टरको अप्रेशन थिएटरमा भएको थियो । तर वीर अस्पतालमै तीन वटा अप्रेशन थिएटर चल्दाखेरी एकै दिनमा दर्जनौ विभिन्न रोगका बिरामीहरुको अप्रेशन हुने गरेको वीरका चिकित्सकहरुले देशान्तरलाई बताए । ट्रमा सेन्टरले यसरी दुःख दिएपछि अब वीर अस्पताल व्यवस्थापनले वीरमै कोभिड र ननकोभिड थिएटर छुट्याएर अप्रेशन सुरु गर्ने तयारी गरेको छ । ट्रमा सेन्टरकी गंगा गुरुङ्ग त्यहाका निर्देशकलाई समेत भाई भनी सम्बोधन गर्ने भएकीले कसैलाई नटेर्ने सेन्टरकै अन्य चिकित्सक र कर्मचारीले देशान्तरलाई बताए ।