काठमाडौं । नजिकै आउँदै गरेको दशै, तिहार तथा छठपर्वको अवसर पारेर सुन्धारास्थित काठमाडौं मलले ग्राहकहरुलाई हरेक खरिददारीमा २० देखि ६० प्रतिशतसम्म छुट दिने अफर सार्वजनिक गरेको छ । काठमाडौंमा मलमा लता कपडासहित अन्य सामानहरुको खरिदारीमा भारी छुटको योजना सार्वजनिक गरिएको मल व्यवस्थापन पक्षले जनाएको छ ।
काठमाडौं उपत्यकाकै मुटु मानिने सुन्धारामा रहेको मलले हरे वष चाडपर्व लक्षित ग्राहक योजना ल्याउने गरेको छ । सोही क्रममा यस वर्ष पनि मलले ग्राहकलाई भारी छुटको अफर ल्याएको जनाइएको छ । कोभिड– १९ का कारण उपभोक्तामा परेको आर्थिक दबाबलाई मध्यनजर यो अफर सार्वजनिक गरिएको मल व्यवस्थापनले जनाएको छ ।
हाल पहिलो, दोस्रो र तेस्रो तलामा पसलहरु भाडामा लिन चाहनेहरुलाई पनि विशेष छुटको व्यवस्था गरिएको जनाइएको छ ।
प्रतिक्रिया