देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा ११ अंकको गिरावट

देशान्तर

काठमाडौं – अघिल्लो दिन १६ अंकले बढेको नेप्से आज बिहिबार भने उच्च अंकले घटेको छ । नेप्से आज ११ दसमलव ३४ अंकले घटेर १५ सय ८९ दसमलव ६३ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ६५ अंकले घटेर तीन सय १४ दसमलव ७४ बिन्दुमा झरेको छ । एक सय ९३ कम्पनीहरुको ४८ हजार एक सय ९९ पटकको कारोवारमा एक करोड ११ लाख ६४ हजार पाँच सय छ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब ९० करोड ५० लाख ५७ हजार नौ सय ६६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन । जसमध्ये फाईनान्स, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेकाछन् भने बाँकी समुहको सुचक घटेकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ७१ अंकले घटेर १२ सय ६६ दसमलव ५१ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ७४ दसमलव ३१ अंकले घटेर सात हजार आठ सय ९७ दसमलव ६८ बिन्दुमा झरेको छ । यसैगरी बिकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक सय ५४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको पाँचथर पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दसमलव ८६ प्रतिसतले घटेर एक सय ९० रुपैयाँमा कारोवार भएको छ । यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको प्रतिकित्ता दुई सय ५० रुपैयाँ अन्तिम मुल्यमा १२ करोड ३२ लाख ९० हजार छ सय ६२ रुपैयाँको कारोवार भएको छ ।