काठमाडौं । कोरोना भाइरसका महामारी कारण भारतमा हरेक दिन आठ सयको दरले संक्रमितको मृत्यु भएको छ ।
कोरोना भाइरसका कारण अहिले विश्वमा हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
यसैबीच भारतमा अब संक्रमणबाट प्रत्येक दिन तीव्र रुपमा कोरोना संक्रमितको मृत्यु भईरहेको छ ।
प्रत्येक दिन जसो नै भारतमा कोरोना भाइरसका कारण ८ सयको दरले मृत्यु भईरहेको हो ।
भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या झण्डै एक लाख पुगेको छ ।
अहिलेसम्म ६३ लाख ९१ हजारमा कोरोना पुष्टि भएको भारतमा यो खबर तयार पार्दासम्म ९९ हजार ८ सय ४ जनाको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ
प्रतिक्रिया