देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

देशान्तर

विराटनगरको कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय वृद्ध रहेका छन् ।

अत्याधिक मोटोपना रहेका मृतकमा श्वासप्रश्वास सम्बन्धी बढी समस्या देखिएको थियो ।

उनी असोज ४ गते अस्पताल भर्ना भएका थिए ।

हालसम्म प्रदेश १ का विभिन्न अस्पतालमा ६८ जना संक्रमितको मृत्यु भइसकेको छ ।

तिमध्ये १९ महिला र ४९ पुरुष रहेका छन् ।