देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको कुुपोषित सोचको सिकार नेपाली जनता

देशान्तर

मौसमी कुशवाहा

रोगी नेपाल, भोगी सरकारको चलखेल र भोकाएको जनताहरूको जलेको उम्लेको पेट छोडेर मेरो दृष्टि र दिमाग मात्र कलम समात्न मान्छ । नेपाल धेरै कुुराले सम्पन्न नभए पनि धार्मिक, जातीय विभेदता, रोगी, भोगी र भोकले परिपूूर्ण, सम्पन्न र समृद्ध हो भनौं । वर्तमान समयलाई मध्यनजर गर्ने हो भने नेपाललगायत सारा विश्व कोभिड–१९ को विषम प्रभावले बल्झिएको छ । मानिसहरूको मूूल्य किरा फट्याङग्रा जित पनि रहेन । चीनबाट इटली, अमेरिका, भारत, नेपाललगायत अरू पनि कति राष्ट्रहरू छन् जुुन अहिले पनि यो विश्व महामारीबाट जुुझेको छ । चैत्र ११ देखि भएको लोकडाउन अहिले असोजको अन्त्यसम्म पनि नखुुलेर नेपालको जनजीवनको अवस्था दिनानुुदिन भयावह बन्दै गएको छ । देशमा काम र मामको अभावमा मानिसहरू आहत भएका छन् ।

नेपाली उखान “ताक परे तिवारी नत्र गोेतामे” भन्ने भनाइ यहाँ चरितार्थ भएको छ । जब राष्ट्रलगायत सारा नागरिक महामारीमा छन् तब आंैठेछाप नेताहरूलाई सेवा, सुुविधा र सुुरक्षाको साट्टो आफ्नो पेट र प्याकेट भर्नमा व्यस्त । हालको समयमा राष्ट्र तीन तहमा विभाजित छन् । एक रोगी नेपाल, दोस्रो भोगी सरकार र तेस्रो भोको जनता । यी तिनैको ताण्डव दिनरात नेपालमा भएको देखिराखेको छ । म आजभोलि “कमेडी सो” हास्य कार्यक्रम नै हेर्न छोडिसकेछुु । हाम्रो देशमा जुुन राजनीतिक गतिविधि छ त्यो हेर्दा कमेडी सो पनि उराठलाग्दो भइसकेको छ । आर्थिक स्वास्थ्य, धार्मिक, राजनीतिक, शैक्षिकलगायत विकासका पाँचैं पूूर्वाधारहरू रातदिन भ्याइनभ्याइ आफ्नो आरिंगाले चालका जुन योजनाहरू छन् त्यो सफल पार्नमा व्यस्त छन् । भोकाएको र बहुुलाएको कुुकुुरले र्‍याल जसरी चुुहाउँछ त्यसरी सत्ता र कुुर्सीमा बसेको सत्ताधारीले ¥याल चुुहाएका छ । धर्मको नाममा सुुरक्षाकर्मी कुुटाएका छन् । दंगा भएको छ । स्वास्थ्यको नाममा करोडौं करोड घोटाला भएको छ ।

कृषिको नाममा घोटाला हरेक क्षेत्रमा मात्रा आफ्नो पकेट र पेटको चिन्ता मात्र रहेको छ ।
भोजपुुरी भाषामा एउटा भनाइ छ “चिरैई के जान जाए, लइका के खेलौना” भने झै आज नेपाली जनताको हाल भएको छ । जनता आफ्नो ज्यानको लागि भीख माग्दै छ यता सरकार आफ्नो कुुुर्सीबाट पिलपिलाएको जनताको मृत्युलीला हेर्दैमा व्यस्त, जल्दोबल्दो उदाहरण; सुरुमा १५ हजार रुपैयाँमा पीसीआर हाल दुई सय रुपैयाँमा गर्ने भएको छन् । रातारात यस्तो के चमत्कार भयो कि ह्वातै त्यति मूल्य घट्यो । लुट्न पनि कति लुटेको स्वास्थ्य व्यवसायीहरूले । प्रदेश २ को सरकारले पाएको बजेटबाट ४ करोड भोजभतेरमै स्वाहा ! हैन, भोजभतेमा नि कति खाने गर्छ ? यी भोकाहाहरूको कत्रो पेट कहिल्यै नभरिने । नेपाली नागरिक केन्द्र र प्रदेश सरकारलगायत स्थानीय निकायले मात्र लुट मचाउनमा ध्यानाकर्षण देखियो । प्रदेश २ को सिराहा नगरपालिकामा १११ थान तकिया खोलको मूल्य ३,१९,२७५ पर्ने भएको छ । एउटा तकिया खोलको मूल्य रु.२,८७६ परेको छ । अब विचार गरौँ हीरामोती नै जरेको छ कि के होला त्यो बिरामीको लागि किनेको तकियाको खोलमा कि २,८७६ मूल्य परेछ । त्यसतै ५११ तन्नाको ४५,०३,६१८ परेको छ । प्रति तन्नाको मूल्य ८० ६१ परेको छ । कस्तो खालको तन्ना ? रेश्मी सुन जरेकै तन्ना क्वारेनटाइनमा दिएको हो कि ? यति पनि लाज कसरी पचाएको स्थानीय सरकारले । अलिकति पनि न लाज नभएका निल्र्लजहरूको कर्तुत लेख्न मेरो कलमलाई पनि लाज भयो ।

नेपाली नागरिक खाडी मुलुकहरूमा ६ महिनौंदेखि काम नपाएर बिजोग भएका छन् । खानको लागि पनि पैसा नभएको अवस्थामा स्वदेश फर्काउनुको साटो नेपाली दूतावासले हामी केही गर्न सक्दैनौं भन्ने जवाफ फर्काएका छन् । केही चलखेल पछि नेपाल सरकारले ७०० रुपैयाँ पर्ने हवाई भाडालाई तीन दोब्बर रु. २,७०० मा फर्काएका छन् । यता अस्ट्रेलियाबाट प्रतिउडान १० लाख कमिसन खाएको छ । यस्ता सरकारसँग कस्तो आशा राख्ने हामी नेपाली जनता ?

टेलिभिजन, रेडियोदेखि हरेक टेलिफोन कलमा ३ ओटा उपाय प्रचार गर्दै आएका छन् । यी ३ उपाय २ मिटरको दूरी, भीडमा मास्क र बेलाबेलामा साबुुनपानीले हात धुुइरहने यी सरल उपायले कोरोना सर्दैन । नेपालमा ३६ लाख गरिखाने नेपालीले चैत्र ११ देखि काम गरेको छैन । उनीहरूको आम्दानी बन्द भएको छ । कति कर्मचारीले १÷२ महिनाको तलब पाएको छ भने अरू सामान्यजनता भोकभोकै छन् । महिनौंदेखिको लोकडाउन र निषेधाज्ञाले घरभाडामा बस्ने नागरिकहरू सबैभन्दा बढी मर्कामा परेको छन् । लाखौं विद्यार्थी, व्यवसायीहरू घरको, बैंकको, बिजुुलीलगायत अनेकौं सरकारी कार्यालयको कर ब्याज तिर्न आहत भएका छन् । पेटमा खाना पाएको छैन । सरकारको साहूूको ब्याज कहाबाट तिर्ने ? प्रधानमन्त्रीले धनी हुुनको लागि कमाउने हो, भात खुुवाउने जिम्मेदारी हाम्रो छ भन्ने कुुरा संसद्मा भने पनि त्यो भनाइको कुुनै अर्थ आज देखिएको छैन । लोकडाउनको सुुरुसुुरुमा स्थानीय तहले केही राहत वितरण गरेपछि अहिले दोहोर्‍याएर मुुख नदेखाउने सरकार आखिर कहिलेसम्म यो निषेधाज्ञा ? कहिलेसम्म नेपाली जनतालाई भोकभाकै मार्ने ? यो प्रश्नको जवाफ कोहीसँग छैन् । जनताले आफ्नो व्यधा कोहीसँग भन्न नसक्ने, बिरामीले उपचार बिना मृत्युुवरण हुुनुुपर्ने, भोक लागेको आवाज पनि घरको भित्ता छेडेर बाहिर नआउनुुपर्ने, कसैलाई केही भन्नुु पनि नपर्ने यस्ता संवेदशील संरचनामा जीवन बिताइरहेको नेपाली भोको जनताको चित्कार नसुन्ने सरकार आखिर कहिलेसम्म यो भोक र मृत्युुको ताण्डव ? सरकारी कर्मचारी, सभासद् नेतादेखि राष्ट्रपति, प्रधानमन्त्रीको तलब, भत्ता केही नरोकिएको कारण आजसम्म कानमा तेल हालेर घोडाजस्तो सरकार सुुतेका छन् । निषेधाज्ञा नलाए पनि कोरोना नियन्त्रण गर्ने अनेकौं उपाय भए पनि सरकारसँग चितुुवाको चाल र संरचना भए पनि क्रियाशीलता शंखेकिरा जस्तो !

हाम्रो सोच यति उन्नत खालको छ “जो पढ्न सकेन वा कम पढ्यो, जीवनमा सफलता प्राप्त गर्न सकेन भने त्यो शिक्षक र नेता बन्ने” विडम्बना जो सम्पूूर्ण राष्ट्रलाई, जनतालाई अँध्यारोबाट उज्यालो र उन्नतिको बाटोमा लम्काउँछ वा सुुनौंलो बिहानी देखाउँछ त्यही पंगुु जो सम्पूर्ण राष्ट्रलाई उन्नति प्रगतिको मार्गमा डोर्‍याउँछ । देशको सम्पूूर्ण जनताको कमरेड हो । त्यही अशिक्षित अपांग सोच, बुद्धि भएको जो हाम्रो राष्ट्रकै अभिभावक सम्पूूर्ण जनताको जिम्मेवारी लिएको छ त्यही पंगुु हो, योभन्दा ठूूलो अभिशाप, लज्जायुुक्त कुुरा ठूूलो दुुर्भाग्यभन्दा अरू कुुरा के छ । त्यो राष्ट्रको कस्तो भविष्य रहला ? दुुःखको कुुरा यस्ता पंगुहरूको हातमा राष्ट्रको बागडोर समात्न पुुगेका छन् । जो आफैं शिक्षाको प्रकाशबाट वञ्चित छ त्यो के जनतालाई उज्यालो भविष्य र सुुनौंलो बिहानी हेराउँला ? राष्ट्रको जुुन राजनीतिक खेलको धरातल छ त्यो खेलको खेलाडी र खेल्ने गोटी समयअनुसार समान नैै रहिरह्यो । जबसम्म खेलाडी र गोटी बदल्दैन तबसम्म यो ताण्डव भई नै रहन्छ । हामी नेपालीहरूको ठूलो समस्या कोहीसँग प्रश्न नै न गर्नुु हो । कोही एक दुुई–जनाले गरे पनि सबैभन्दा पहिले आफ्नै आफन्त हुन्छ । चुुप गराएको हुुन्छ हप्काएको हुुन्छ ।

वर्तमान समयमा सम्पूूर्ण संसार यो कोराना भाइरसको आतंकले खल्बलिएको छ । अहिलेसम्म कुनै भ्याक्सिन बन्न सकेको छैन । तर एक न एक दिन भ्याक्सिन आउँछ नै र कोरोना भाग्छ नै । तर जुन भाइरस हाम्रो सोचमा छ दुुई जिब्रे मुुखौटाधारीहरूको मस्तिष्कमै पुुस्तौंदेखि, युुगौंदेखि जरो गाडेर बसेछ, त्यो भाइरसको अन्त्य कहिले ? कहिलेसम्म उस्को आतंकको सिकार हामी हुुने ? हामी र हाम्रो देश कहिले निरोगी हुुने ? सरकारको कुुपोषित सोचको सिकार हुनबाट हामी कहिले स्वस्थ्य हुुने ? को देला यो प्रश्नहरूको जवाफ ? कि अन्त्यमा हेपटाइटिस बीजस्तै यो कोरोनाजस्तै हामी दैनिक जीवनसँगै समायोजन भई डर, लाज, पचाएरै जीवन बिताउने छौं ?
(मधेस दर्पण फिचर सेवा)