काठमाडौँ – पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय २, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित देखिएका हुन् ।
मन्त्रालयले २४ घन्टामा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएको जनाएको छ । देशभर भने ११ सय ७२ जनामा कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया