देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थमन्त्री खतिवडाद्वारा पदबाट राजीनामा

देशान्तर

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएका छन् । ३० महिने कार्यकाल शनिबारबाट सकिनुअघि नै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडाले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामापत्र बुझाएका हुन् । उहाँको कार्यकाल विवादको घेराबाट मुक्त हुनसकेन ।

बजेट कार्यान्वयन गर्न नसकेको, सेयरबजारमा सुधार ल्याउन नसकेको र दोहोरो कर लगाइएको भन्दै निजी क्षेत्र सन्तुष्ट बन्न सकेन । राजनीतिक नभइ प्राविधिक मान्छेलाई अर्थमन्त्री बनाएको भन्दै सत्तारुढ दल नेकपाभित्रै पनि विवाद हुँदै आएको थियो ।