देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जातीय विभेद भएकाे छैन : ट्रम्प

देशान्तर

 संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जातीय हिंसा मान्य नहुने बताएका छन् ।

चुनावी प्रचारप्रसारका क्रममा विस्किन्सन राज्यको केनोशाको भ्रमण गर्ने क्रममा राष्ट्रपति ट्रम्पले कानुन कार्यान्वयनमा कुनै पनि जातीय विभेद नगरेको स्पष्ट पारे ।

उहाँले केही दिनअघि केनोशामा एक अश्वेत नागरिकमाथि प्रहरीले गोली हानेपछि आन्दोलन भइरहे पनि नश्लवादको पक्षमा आफू नरहेको स्पष्टिकरण दिएका हुन् ।

न्यायका लागि आन्दोलनरत पक्षहरुलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले विपक्षीहरुले लगाएको आरोपमा सत्यता नभएको पनि बताए ।

गत अगस्टमा भएको मुठभेडमा याकुब ब्लेकलाई प्रहरीले सात पटक गोली प्रहार गरेपछि जातीय मुद्धालाई लिएर आन्दोलन थप चर्किएको हो ।

केही महिनाअघि पनि प्रहरीले नियन्त्रणमा लिएर अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या गरेपछि अमेरिकामा आन्दोलन भएको थियो ।

उक्त आन्दोलनलाई विभिन्न राष्ट्रहरुले ऐक्यवद्धता जनाएका थिए । राष्ट्रपति ट्रम्पले जारी आन्दोलन अधिकारका लागि शान्तिपूर्ण आन्दोलन नभएर घरेलु आतंकको चरम नमूना भएको प्रतिक्रिया दिए ।

यता राष्ट्रपति ट्रम्पका चुनावी प्रतिष्पर्धी जो विडेनले जातीय विभाजन गराउन खोजेको आरोप लगाए ।

उनले चुनावी नाराको रुपमा अघि सारिएका केही योजनाहरु पनि विवादास्पद भएकाले ट्रम्पले झुटको खेती गरिरहेको टिप्पणीसमेत गरेका छन् ।

उनले ट्रम्पले राजनीतिक फाइदाका लागि एक पछि अर्को मानवअधिकार उल्लंघन र व्यक्ति हत्याका घटना गराएको आरोप लगाए ।

जो विडेनले पेन्सिलभेनिया र पिटर्सबर्गमा चुनावी प्रचारका क्रममा ट्रम्पले पदको दुरुपयोग गरेर राजनीतिक लाभका लागि अशान्ति मच्चाएको टिप्पणीसमेत गरे ।