पाकिस्तान र इंग्ल्याण्डबीचको टी–ट्वान्टी सिरिज बराबरीमा सकिएको छ ।
पहिलो टी–ट्वान्टी वर्षाका कारण रद्द भएको थियो भने दोस्रो टी–ट्वान्टीमा इंग्ल्याण्ड विजयी भएको थियो ।
तर, अन्तिम तथा तेस्रो टी–ट्वान्टीमा पाकिस्तानले ५ रनको जित निकाल्दै सिरिज बराबरी गर्न सफल भयो ।
टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहम्मद हफिजले नट आउट ८६ रन जोडेका थिए । यसैगरी हैदर अलिले ५४ रनको योगदान गरे । इंग्ल्याण्डका क्रिस जोर्डनले २ विकेट लिए ।
प्रतिक्रिया