काठमाडौं । घट्टेकुलोको नेशनल मेडिकल कलेजमा ५ सय श्यैयाको आईशोलशन वार्ड बनाइने भएको छ । कोरोना भाइरसको महामारी काठमाडौं उपत्यकामा बढेसँगै अहिले खाली भवन तथा स्थानहरुमा आइसोलेशन स्थापनाका लागि पहल भइरहेको छ ।
त्यसका लागि घट्टेकुलोमा रहेको नेशनल मेडिकल कलेजको खाली भवनमा ५ सय श्यैयाको आइशोलेशन वार्ड तयार पार्न लागिएको प्रदेश सभा सांसद् दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उक्त भवनको आज विहान बागमति प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल, सांसद्हरु दीपेन्द्र श्रेष्ठ, कृष्ण राई, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, वडा नम्बर २९ का वडा अध्यक्ष कुशकुमार ढकाल लगाएतले अबलोकन गरेका थिए ।
अबलोकन पछि उक्त भवन आइशोलेशनका लागि उपयुक्त हुने निष्कर्ष निस्किएको सांसद् श्रेष्ठले बताए ।
प्रतिक्रिया