इंग्ल्यान्डका जेम्स एन्डरसन टेस्ट क्रिकेटमा ६ सय विकेट लिने पहिलो फास्ट बलर भएका छन् । पाकिस्तानका अजहर अलीको विकेटसँगै उनको ६ सय विकेट पूरा भएको हो ।
पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम अन्तिम टेस्टको पाँचौं दिन ३८ वर्षीय बलरले यो उपलब्धि हात पारे । सन् २००३ मा इंग्ल्यान्डका लागि टेस्टमा डेब्यु गरेका एन्डरसनले १ सय ५६ ‘क्याप’ जितिसकेका छन् ।
टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने बलरको सूचीमा उनी चौथो स्थानमा छन । उनको अगाडि मुथैया मुरलिधरन, सेन वार्न र अनिल कुम्बले मात्र छन् ।
पाँचौं दिनको खेल पनि वर्षाले प्रभावित रह्यो र टेस्ट बराबरीमा टुंगियो । पाकिस्तान आफ्नो दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १ सय ८७ रनको स्थितिमा रह्यो ।
प्रतिक्रिया